Skip to content

पाल्पा सिमेन्टको आईपीओ आज बाँडफाँड जरिँदै

nabil bank

काठमाडौं । पाल्पा सिमेन्ट इन्डष्ट्रिज कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको साधा्ण सेयर (आईपीओ) आज बाँडफाँड गरिने भएको छ ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका अनुसार आइपीओको बाँडफाँड आज बिहान साढे ९ बजे गरिने छ ।

कम्पनीले फागुन १२ देखि १५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण ४ लाख ५० हजार आवेदकले गोलाप्रथाबाट १०–१० कित्ता सेयर पाउनेछन् । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४५ लाख कित्ता सेयर निष्कासन गरेको थियो ।

कुल ३ अर्ब ७५ करोड रुपैयाँ जारी पूँजी रहेको कम्पनीले २० प्रतिशत बराबर ७५ करोड रुपैयाँ मूल्यका ७५ लाख कित्ता साधारण सेयर जारी गर्ने अनुमति पाएको थियो । यसमध्ये १८ लाख ७५ हजार कित्ता सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई यसअघि नै बाँडफाँड भइसकेको छ । यस्तै ५ लाख ६२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोष र सोही संख्याका २ लाख ८१ हजार २५० कित्ता कर्मचारीका लागि छुट्याइएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi