काठमाडौं ।वाणिज्य बैंकहरुले चालु आवको ७ महिनासम्म आउँदा नाफा औसतमा नाफा बढाएका छन् । चालु आर्थिक वर्षको ७ महिनासम्म आउँदा वाणिज्य बैंकको नाफा औसत २४.२६ प्रतिशत बढेको हो ।
माघ महिनासम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकले ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ बराबर नाफा आर्जन गर्न सफल भएका छन् । गत पुस महिनासम्म बैंकहरु ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँमात्र नाफा कमाएका थिए ।
सात महिनासम्म सबैभन्दा धेरै नाफा नबिल बैंकको रहेको छ । यस बैंकको नाफा ५ अर्ब रुपैयाँ माथि रहेको छ। यसैगरी, सबैभन्दा धेरै नाफा भएको अक्रो बैंक ग्लोबल आइएमई बैंक रहेको छ। यस बैंकको नाफा ४ अर्ब रुपैयाँभन्दा धेरै रहेको छ ।
कुमारी बैंकको नाफा ३ अर्ब माथि, एभरेष्ट, प्राईम कमर्सियल, नेपाल इन्भेष्टमेन्ट मेगा र एनएमबि बैंकको नाफा २ अर्ब रुपैयाँभन्दा माथि रहेको छ। सात महिनासम्म आउँदा १ अर्ब रुपैयाँभन्दा माथि नाफा कमाउन सफल वाणिज्य बैंक ९ वटा रहेका छन् । यसैगरी, चार बैंकको नाफा एक अर्ब रुपैयाँभन्दा कम रहेको छ।
पुस महिनाको तुलनामा माघ महिनामा सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकको नाफा बढेको छ । पुस महिनासम्म ऋणात्मक रहेको लक्ष्मी सनराईज बैंक माघ महिनामा २४ करोड रुपैयाँले नाफामा छ ।
प्रतिक्रिया दिनुहोस्