Skip to content

यूनाइटेड अजोड इन्स्योरेन्सले चैत २६ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने

nabil bank

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले चैत २६ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले हाल कायम १०० कित्ता सेयर बराबर नयाँ १० कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले २३ करोड १० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।

हकप्रद सेयरर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १७ गते बुकक्लोज गरेको थियो। यस अनुसार फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको हकप्रद सेयरमा २०८३ बैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ।

इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। सेयरधनीहरुले बिक्री प्रबन्धकका साथै लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi