Skip to content
Prabhu

सेनाको बंकर विस्थापित गर्न १ अर्ब ५० करोड बजेट

काठमाडौं । माओवादी द्वन्द्वको समयमा नेपाली सेनाले सुरक्षित बासस्थानका रुपमा प्रयोग गरेको बंकर विस्थापित गर्न सरकारले १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ । संसद्मा अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्य प्रस्तुत गर्दै नेपाली सेनाको ‘बंकर टु ब्यारेक’ कार्यक्रमलाई निरन्तरता दिइएको बताएका हुन् ।

उनका अनुसार, यो अभियानका लागि यस आर्थिक वर्षमा १ अर्ब ५० करोड रुपैयाँ बजेट छुट्टाइएको बताए । रक्षा मन्त्रालयलाई कुल ५९ अर्ब ६० करोड रुपैयाँ बजेट छुट्टयाएको उनले उल्लेख गरेका छन्।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal