Skip to content

लक्ष्मी सन्राइज क्यापिटलद्वारा बाढीपीडितका लागि २१ लाख ५७ हजार रुपैयाँ सहयोग

काठमाडौं । लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले रसुवा लगायतका क्षेत्रमा गएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि २१ लाख ५७ हजार ४१८ रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीले गत भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको जनाएको छ ।

भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको बाढीका कारण प्रभावित नागरिकको आवश्यकता सम्बोधन गर्न तथा राहत र उद्धारका प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनी तथा कम्पनीमा कार्यरत कर्मचारीहरूको तर्फबाट उक्त रकम संकलन गरी कोषमा प्रदान गरिएको हो ।

कम्पनीका अनुसार विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरिएको हो । रकममा कम्पनीको योगदानसँगै कर्मचारीहरूको व्यक्तिगत योगदानसमेत समावेश रहेको जनाएको छ ।

लक्ष्मी सन्राइज क्यापिटलले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । साथै, सकुशल उद्धार गरिएका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima