काठमाडौं । मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको साधारण सेयरको प्रत्याभूतिका लागि ज्योति क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीले सर्वसाधारणलाई निष्काशन गर्न लागेको ९२ लाख ४१ हजार ४२६ कित्ता साधारण सेयरको प्रतिकित्ता १०० रुपैयाँका दरले हुन आउने कुल ९२ करोड ४१ लाख ४२ हजार ६०० रुपैयाँ बराबरको सेयरको प्रत्याभूति ज्योति क्यापिटलले गर्ने भएको हो ।
यससम्बन्धी सेयर प्रत्याभूति सम्झौतामा ज्योति क्यापिटल र मुनलाईट हाइड्रोपावरबीच हस्ताक्षर भएको छ। काठमाडौंमा आयोजित एक समारोहमा ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र मुनलाईट हाइड्रोपावरका सञ्चालक समितिका अध्यक्ष कल्याण विक्रम न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।









प्रतिक्रिया दिनुहोस्