Skip to content

आठ महिनामा १६ अर्ब ३२ करोडको ईभी आयात, कुन देशबाट कति ?

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा १६ अर्ब ३२ करोड ७५ लाख २५ हजार रुपैयाँ बराबरको वटा विद्युतीय गाडी (ईभी) भित्रिएका छन् ।

भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि फागुनसम्ममा अन–एसेम्बल र एसेम्बल भएका गरिएको गाडीसहित उक्त संख्यामा कार भित्राएका हुन् । फागुन महिनासम्म उक्त रकम बराबरको ईभी आयात हुँदा सरकारलाई ९ अर्ब ५७ करोड ३७ लाख ९२ हजार रुपियाँ राजश्व संकलन गरेकाे छ ।

यस अवधीमा ५० किलोवाटको अन–एसेम्बल गरिएको २ वटा ईभी गाडी आएको भन्सार विभागले जानकारी दिएको छ । यसैगरी, फागुन महिनासम्म ५० किलोवाटका २१ सय ९८ वटा, ५१ देखि १०० किलोवाटका ३६ सय ७२ वटा, १०१ देखि २०० किलोवाटसम्मको ५१९ वटा र २०१ देखि ३०० किलोवाट क्षमता सम्मको ७ वटा ईभी गाडी आएका छन् ।

यस अवधिमा ५१ देखि १०० किलोवाटका ईभी गाडी अहिलेसम्म सबै भन्दा धेरै भित्रिएका छन् । यस्तै, तीन पाङ्ग्रे ईभी पनि उच्च दरमा भित्री रहेको पाइन्छ । फागुन महिनासम्म मात्रै ६५ करोड ५९ लाख ७५ हजार रुपियाँको ६ हजार १५ वटा तीन पाङ्ग्रे ईभी भित्रिएको तथ्यांक उल्लेख छ ।
यस अवधिमा भारतबाट २ वटा अन–एसेम्बल गाडी आएका छन् भने फागुन महिनासम्म ५० किलोवाट क्षमता भएका ईभी चीनबाट १३१३ र भारतबाट ८८५ वटा भित्रिएका छन् ।

यसैगरी, ५१ किलोवाटदेखि १०० किलोवाट क्षमता भएका गाडी चीनबाट २६१४, भारतबाट ६१७, थाइल्यान्डबाट ४४० र युकेबाट १ वटा आयात भएको छ ।

यसैगरी भन्सार विभागका अनुसार १०१ देखि २०० किलोवाट क्षमता भएका चीनबाट ४६८, भारतबाट २९, जर्मनीबाट १०, कोरियाबाट २ र अमेरिकाबाट १० वटा गाडी भित्रिएका छन् । विभागले २०१ देखि ३०० किलोवाट क्षमता भएको गाडी अमेरिकाबाट एक, चीन चार र अस्ट्रेलियाबाट १ वटा आयात भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi