काठमाडौं । पश्चिम एशियामा भएको युद्धका कारण विश्व अर्थतन्त्रमै असर परिरहेको बेला त्यसको प्रभाव नेपालमा पनि देखिन थालेको छ। अमेरिका, इजरायल र इरानबीचको तनाव बढ्दै जाँदा यसको असर नेपालका अधिकांश उद्योग तथा व्यवसायमा देखिन थालेको सम्बन्धित क्षेत्रका उद्योगी–व्यवसायीहरू बताउँछन्।
अमेरिका,इजरायल र इरान युद्धका कारण विश्वव्यापी अर्थतन्त्रमा फैलिएको तनावले नेपालको आयात तथा निर्यातमा समेत प्रभाव पार्न थालेकोछ। विशेषगरी पेट्रोलियम पदार्थ, युरिया मल, प्लास्टिकजन्य वस्तुहरू, निर्माण क्षेत्रमा प्रयोग हुने सिमेन्ट र डण्डीमा समेत यसको असर देखिनथालेको उद्योगी–व्यवसायीहरूको भनाइ छ। आगामी एक महिनासम्म यो युद्ध जारी रहे बजारमा हरेक वस्तुको अभाव देखिन थाल्ने श्री स्टिल्सका सञ्चालक एवं नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत उद्योग सभापति राजेश अग्रवाल बताउँछन्।
‘मध्यपूर्व विश्वकै प्रमुख ऊर्जा केन्द्र मानिन्छ। विश्वमा प्रयोग हुने कच्चा तेलको ठूलो हिस्सा यही क्षेत्रबाट उत्पादन र निर्यात हुन्छ,’ अग्रवालभन्छन्, ‘यस्तो अवस्थामा यहाँ भएको युद्धले तेल उत्पादन, भण्डारण र ढुवानी प्रक्रियामा अवरोध सिर्जना गरेको छ। यसको सीधा असरअन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा देखिन्छ। मूल्य अस्थिर हुँदा त्यसको प्रभाव पेट्रोलियममा आधारित सम्पूर्ण उत्पादनमा पर्छ।’
प्लास्टिक उत्पादन पनि पेट्रोलियममा आधारित भएकाले तेलको मूल्यवृद्धिले यस क्षेत्रमा प्रत्यक्ष असर पार्छ। पोलिथिन, पोलिप्रोपिलिन, पीभीसीजस्ता कच्चा पदार्थ महँगो हुँदा प्लास्टिक उत्पादन लागत बढ्ने अग्रवाल बताउँछन्। यसको परिणामस्वरूप विश्व बजारमा प्लास्टिकजन्यवस्तुहरूको मूल्य वृद्धि हुन्छ, जसको असर आयातमा निर्भर नेपालमा देखिन थालेको उनको भनाइ छ। उनका अनुसार अहिले नै यस्तो वस्तुकोअभाव बजारमा देखिन थालेको छ।
हाइडेन्सिटी पोलिथिन पाइप म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालले आइतबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘एचडीपी उद्योगमा प्रयोग गरिनेकच्चा पदार्थ (एचडीपी ग्रानुयल्स) कच्चा तेलको प्रशोधनबाट उत्पादन गरिन्छ।
पश्चिम एसियामा जारी तनावका कारण भारत तथा अन्य तेस्रोमुलुकबाट आयात गरिने कच्चा पदार्थको ढुवानी विगत केही सातादेखि अवरुद्ध भइरहेको छ। जसकारण हाल केही उद्योगमा कच्चा पदार्थकोमौज्दात शून्य भएकोले उद्योग नै बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन्।’
प्रतिस्पर्धात्मक बजारमा माग–आपूर्तिले मूल्य निर्धारण हुने जनाउँदै एसोसिएसनले कच्चा पदार्थको नयाँ मूल्य करिब ६२ प्रतिशतले बढेको जानकारी दिएको छ।
‘इन्धनमा भएको मूल्यवृद्धिले ढुवानी खर्च समेत बढेको, अमेरिकी डलरको मूल्यवृद्धि समायोजन गर्दा उद्योगमा थप भारपरेको छ,’ विज्ञप्तिमा उल्लेख छ। यसले उत्पादित पाइपको मूल्य पनि केही बढेको एसोसिएसनले प्रस्ट पारेको छ।
कच्चा पदार्थ सहज रूपमा आपूर्ति नभएसम्म मूल्य–वृद्धिको सीमा अनुमान गर्न नसकिने एसोसिएसनको धारणा छ। यसले प्रत्यक्ष रूपमामुलुकको खानेपानी तथा पूर्वाधार क्षेत्रको विकासमा समेत असर पार्ने देखिन्छ। यस्ता पूर्वाधार निर्माणको लागत महँगिने र समयमा नसकिने अवस्था सिर्जना भएको छ। अहिले खानेपानी कार्यालय तथा पाइप आवश्यक पर्ने संस्थालाई पाइप उपलब्ध गराउन कठिनाइ भएको उद्योगीहरू बताउँछन्।
एसोसिएसनले पाइप उद्योगले विभिन्न खानेपानी कार्यालय, गैरसरकारी संस्था, निर्माण व्यवसायी तथा उपभोक्ता समिति, स्थानीय निकायसँगगरेका बोलपत्र तथा बिक्री सम्झौतामा उल्लेख मूल्य एवं कार्य सम्पन्न अवधि लगायतका बुँदामा आपसी सहमतिमा समायोजन गर्न अपिलसमेतगरेको छ।
यसैगरी, नेपालमा दैनिक प्रयोग हुने अधिकांश प्लास्टिकजन्य सामग्री विदेशबाटै आयात हुन्छन्। पानीका बोतल, प्लास्टिकका गिलास र प्लेट,खाना राख्ने कन्टेनर, बाल्टिन, मग, झोला जस्ता सामग्रीहरू आम नागरिकको दैनिकीसँग प्रत्यक्ष रूपमा जोडिएका छन्। खाद्यान्न प्याकेजिङका लागि प्रयोग हुने प्लास्टिक र्यापरहरू पनि आयातमै निर्भर छन्। यस्ता वस्तुहरूको मूल्यवृद्धिले सामान्य उपभोक्ताको खर्च दोब्बर बढ्ने भन्सार विभागका एक अधिकारी बताउँछन्।
निर्माण क्षेत्रमा पनि प्लास्टिकको प्रयोग व्यापक छः जस्तै पीभीसी पाइप, पानी ट्यांकी, विद्युत् तारको कभर, फ्लोरिङ सामग्री आदि। यिनको मूल्य बढ्दा घर निर्माण तथा पूर्वाधार विकासको लागत बढ्नेछ। यसले निर्माण क्षेत्रमा सुस्ती आउने सम्भावना रहेको ती अधिकारीले लगानीन्यूजलाई बताए।
मध्यपूर्व हुँदै जाने प्रमुख समुद्री मार्ग विशेषगरी होर्मुज जलडमरूमार्ग विश्व व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ। युद्धको जोखिमबढेसँगै उक्त मार्ग बन्द भएको छ। ‘यसका कारण जहाजहरू वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका छन्। यसले आयात समय र लागत दुवै बढाउँछ। बीमा शुल्क बढ्ने, ढुवानी ढिलो हुने र जोखिम बढ्ने अवस्थाले नेपालमा सामान आयात गर्न थप चुनौती सिर्जना गर्छ,’ भन्सार अधिकारी भन्छन्।
‘नेपाल भूपरिवेष्ठित देश भएकाले समुद्री मार्गमा निर्भरता अझ बढी छ। भारतका बन्दरगाहमार्फत आउने अधिकांश सामान समुद्री मार्गकै भरमानेपाल आइपुग्छ,’ भन्सार अधिकारी जोड्छन्, ‘यस्तो अवस्थामा विश्वव्यापी ढुवानी संकटले आपूर्ति प्रणालीमै अवरोध ल्याउने र बजारमा वस्तुकोअभाव सिर्जना गर्ने खतरा रहन्छ।’ अभावसँगै कालोबजारी र मूल्यवृद्धि बढ्ने सम्भावना पनि उच्च हुने उनको बुझाइ छ।
यो युद्धको असर कृषि क्षेत्रमा पनि देखिनेछ। युरिया मल उत्पादनका लागि आवश्यक प्राकृतिक ग्यास मध्यपूर्व क्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धितछ। ग्यासको आपूर्ति प्रभावित भए युरिया उत्पादन घट्ने र विश्व बजारमै अभाव सिर्जना हुने अधिकारी बताउँछन्।
नेपालका कृषक धान, गहुँ, मकै लगायतका बाली उत्पादनका लागि युरिया मलमै निर्भर छन्। मलको अभाव हुँदा उत्पादन घट्ने, उत्पादन घटेपछिखाद्यान्नको मूल्य बढ्ने र आयात निर्भरता झनै बढ्ने खतरा रहनेछ। यसले खाद्य सुरक्षामा गम्भीर चुनौती उत्पन्न गर्न सक्छ।
यससँगै निर्माण क्षेत्रमा प्रयोग हुने सिमेन्ट र डण्डी (फलामे सरिया) उद्योगहरू पनि प्रभावित हुन थालेका छन्। सिमेन्ट उत्पादनका लागि चुनढुंगामुख्य कच्चा पदार्थ भए पनि प्रशोधनका लागि आवश्यक कोइला, जिप्सम तथा अन्य सामग्री विदेशी आयातमै निर्भर छन्। कोइलाको मूल्य बढ्दासिमेन्ट उत्पादन लागत बढेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघु नन्दन मारु बताउँछन्।
उद्योग सञ्चालनका लागि आवश्यक विद्युत् तथा इन्धनको लागत बढ्दा सिमेन्टको मूल्यमा थप दबाब परेको मारु भन्छन्। ‘सिमेन्ट प्याकिङकाबोरा प्लास्टिकबाट नै बन्छ। उत्पादनका लागि प्रयोग हुने कोइला नेपालमा उत्पादन हुँदैन,’ उनी भन्छन्, ‘युद्धका कारण यातायात खर्च पनि बढ्छ।यसका कारण अहिले सिमेन्टको मूल्य प्रति बोरा ५० देखि १०० रुपैयाँसम्म बढिसकेको छ।’ बजारमा बोराको अभाव देखिन थालेको उनले बताए।
डण्डी (फलामे सरिया) उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ—फलाम अयस्क, स्क्र्याप फलाम, कोकिङ कोइला लगायत पनि आयातमै निर्भर छन्।अन्तर्राष्ट्रिय बजारमा कोइला तथा फलामको मूल्य बढ्दा डण्डी उत्पादन लागत बढ्छ। यसले निर्माण क्षेत्रको लागत बढाउने र घर निर्माणदेखिठूला पूर्वाधार आयोजनासम्म असर पार्ने देखिन्छ।
नेपालका प्लास्टिक उद्योगजस्तै सिमेन्ट तथा स्टिल उद्योगहरू पनि कच्चा पदार्थका लागि आयातमै निर्भर छन्। कच्चा पदार्थ महँगो हुँदा उत्पादनलागत बढ्छ, जसले उद्योगहरूको नाफा घटाउँछ। कतिपय उद्योगले उत्पादन घटाउन वा बन्द गर्नुपर्ने स्थिति आउन सक्छ। यसले रोजगारीमा समेतनकारात्मक असर पार्ने मारु बताउँछन्।
युद्धका कारण स्वास्थ्य क्षेत्रमा प्रयोग हुने सामग्रीहरू पनि प्रभावित हुन थालेका छन्। सिरिन्ज, आईभी ब्याग, औषधि प्याकेजिङ जस्ता सामग्रीप्लास्टिकमै आधारित भएकाले यिनको मूल्य बढ्दा स्वास्थ्य सेवा महँगो बन्नेछ, जसले सर्वसाधारणको पहुँचमा असर पार्न सक्छ।
इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणमा पनि प्लास्टिकको प्रयोग व्यापक छ। मोबाइल फोन, कम्प्युटर, टेलिभिजन, फ्रिज आदि उपकरणकाबाहिरी भाग तथा आन्तरिक संरचनामा प्लास्टिक प्रयोग हुन्छ। यस्ता वस्तुको मूल्य वृद्धि हुँदा उपभोक्ता बजारमा माग घट्ने र व्यापार क्षेत्रमा असरपर्ने उद्योगी–व्यवसायीहरूको भनाइ छ।
कृषि आधुनिकीकरणका लागि प्रयोग हुने प्लास्टिक सामग्री—जस्तै मल्चिङ, ग्रिनहाउस कभर, सिँचाइ पाइप—को मूल्य बढ्दा किसानलेआधुनिक प्रविधि अपनाउन नसक्ने अवस्था देखिएको छ।












प्रतिक्रिया दिनुहोस्