Skip to content

नेपालको विवादित भूभागबारे भारत, चीन र बेलायतसँग पनि संवाद भइरहेको छ: प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालको विवादित भूभागका विषयमा भारत र चीनसँग मात्र नभई बेलायत सरकारसँग पनि संवाद भइरहेको बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपाल–भारत सीमासम्बन्धी विषय समाधानका लागि कूटनीतिक पहल जारी रहेको जानकारी दिए।
उनले ब्रिटिश शासनकालमा निर्धारण गरिएका सीमा तथा त्यससँग सम्बन्धित ऐतिहासिक विषयहरू अहिले पनि विवादको कारण बनेको उल्लेख गर्दै बेलायतको समेत यसमा सरोकार रहने बताए।
उनले भारत र चीनसँग मात्र होइन, बेलायत सरकारसँग पनि यस विषयमा कुरा गरेको दावी गरे ।  प्रधानमन्त्री शाहले भने, ब्रिटिश इन्डिया छाड्दाका केही विषयहरू अझै समाधान हुन बाँकी रहेकाले यसमा बेलायतले पनि चासो लिनुपर्छ भन्ने हाम्रो धारणा छ।’
प्रतिनिधिसभा बैठकमा एमाले सांसद पद्मा अर्यालले भारतले नेपाली भूमि प्रयोग गरी सडक निर्माण गरेको विषयमा सरकारको धारणा मागेकी थिइन्। त्यसको जवाफ दिँदै प्रधानमन्त्री शाहले नेपाल सरकारले उक्त विषयमा भारतलाई कूटनीतिक नोट पठाएको र भारतबाट त्यसको जवाफ प्राप्त भइसकेको जानकारी दिए।
भारतको जवाफमा दुवै देशका इतिहासविद् तथा सीमासम्बन्धी विषयका जानकार व्यक्तिहरूलाई सहभागी गराई वार्तामार्फत समस्या समाधान गर्ने प्रस्ताव गरिएको उनले बताए।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T