काठमाडौ । नेपाल बीमा प्राधिकरणले विभिन्न ७ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ भने एक ब्रोकरलाई तीन महिनाका लागि निलम्बन गरेको छ ।
७ वटा बीमा कम्पनीलाई फरक फरक अभियोजनमा कारबाही गरेको प्राधिकरणले जनाएइको छ ।
प्राधिकरणका प्रवक्ता तथा निर्देशक पुजन ढुंगेलका अनुसार शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ७ वटा कम्पनीलाई जरिवाना गर्ने, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई पनि कारबाही गर्ने र एक ब्रोकरलाई जरिवाना गरिएको हो ।
ढुंगेलका अनुसार हिमालयन रि इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, एशियन लाइफ, नेको इन्स्योरेन्स, ओरियन्टल, नेपाल रि इन्स्योरेन्सलाई कारबाही गरेको हो ।
यस्तै एलियन्ट ब्रोकरको तीन महिनाका लागि लाइसेन्स निलम्बन भएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा तोडफोड तथा आगलागी गराइएको हिल्टन होटेल बीमा प्रकरणमा नेपाल रि, हिमालयन रि, दी ओरिएन्टल इस्योरेन्स र एलियन्ट पुनर्बिमा ब्रोकर कारबाहीमा परेका हुन् । हिमालयन रि, हिमालयन लाइफ इन्स्योरेन्स र एलियन्ट पुनर्बिमा ब्रोकरमा एकै समूहको लगानी छ ।
यस्तै प्राधिकरणले नेपाल रि इस्योरेन्स, हिमालयन रि इन्स्योरेन्स र दी ओरिएन्टल इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई कारबाही गरेको छ । प्राधिकरणकी प्रवक्ता ढुंगेलका अनुसार सीईओहरुलाई भने बीमा प्राधिकरण ऐन २०७९ को दफा १३४ को १ (ख) अनुसार कारबाही गरिएको हो ।
प्राधिकरणले हिल्टन होटेलको ‘हुलदंगा तथा आतंकवाद जोखिम’ को पुनर्बीमा र पुनर्बीमाको दायित्वमा निर्देशन र नियमविपरीतको कार्य गरेको भन्दै कारबाही गरेको हो ।
जेनजी आन्दोलनमा तोडफोड तथा आगलागी भएपछि बीमा बीमा गर्दा निकै चलखेल भएको भन्दै हिमालयन रि, नेपाल रि, दी ओरियन्टल इन्स्योरेन्स कम्पनी र सीईओलाई कारबाही गरेको हो । यस्तै सीईओलाई कारबाही गरेको छ ।
यही प्रकरणमा एलियन्ट पुनर्बिमा ब्रोकरको लाइसेन्स ३ महिनाका लागी निलम्बन गरेको छ । प्राधिकरण स्रोतका अनुसार हिमालयन रिइन्स्योरेन्सले लिनु पर्ने दायित्व नेपाल रिइन्स्योरेन्समा सारिएको थियो । त्यस विषयमा प्राधिकरणले छानबिन गरेको थियो ।
छानविनमा हिल्टन होटलको बीमा गरेपछिक पुनर्बीमाका लागि लाग्ने शुल्क हिमालयन रिलाई बुझाउँदै आएको थियो ।
पछि माग दाबी नेपाल रिमा परेको भएपछि कारबाही गरेको स्रोतको दाबी छ । नियोजित रुपमा सरकारी कम्पनी डुबाउन खोजेपछि नेपाल रिइन्स्योरेन्सका सीईओ तथा अध्यक्षको नियतमा समस्या देखिएको स्रोतको दाबी छ ।
‘नेपाल रिका उच्च पदस्यको सेटिङमा कम्पनी धारासायी बनाउन खोजेपछि प्राधिकरणले एक्सन लिनु परेको हो’ प्राधिकरणका एक अधिकारीले भने ‘यो सामान्य विषय होइन । यस्तै बिचौलीया व्यक्ति प्रमुख हुँदा बीमाको शाख गिर्दै आएको छ ।’
जेनजी आन्दोलनमा तोडफोड भएपछि होटलमा करिब ४ अर्ब रुपैयाँको क्षति भएको थियो । जसमा हिमालयन रिइन्स्योरेन्सले २ अर्ब २५ करोड, नेपाल रिइन्स्योरेन्सले ७५ करोड र ओरियन्टल इन्स्योरेन्सले १ अर्ब रुपैयाँ भुक्तानी गर्ने गरी प्रक्रिया अघि बढाइएको थियो ।
प्राधिकरणले मंसिर पहिलो साता स्थलगत निरीक्षण गर्दा गम्भिर त्रुटी गरेको फेला पारेका एशियन लाइफ, नेपाल लाइफ, नेको इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्सलाई पनि कारबाही गरेको हो ।
अनुगमनका क्रममा गम्भिर त्रुटी देखिएपछि बीमा कम्पनीलाई प्राधिकरणले किन कारबाही नगर्ने भनेर सफाइ पेश गर्नका लागि भन्दै माघ २५ गते ७ दिनको समय दिएको थियो ।
तत्कालिन समयमा प्राधिकरणले एशियन लाइफ इन्स्योरेन्सलाई पठाएको पत्रमा ‘‘बीमकबाट बीमा ऐन, २०७९ को दफा ६७ को पालना नभएको स्पष्ट देखिएको हुँदा त्यस बीमकलाई बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा (४) को खण्ड (क) बमोजिम २ लाख रूपैयाँ (पहिलो पल्ट भएकोले) जरिवाना किन नगर्ने रु सो सम्बन्धमा बीमा ऐन, २०७९ को दफा १३९ को उपदफा (१) बमोजिम पत्र प्राप्त मितिले सात ९७० दिन भित्र लिखित सफाई पेश गर्नुहुन निर्णयानुसार जानकारी गराइन्छ’ भन्ने उल्लेख थियो ।
दफा ६७ मा साझेदारीमा व्यवसाय गर्न वा सम्पत्ति जोड्न नहुने भन्ने व्यवस्था रहेको छ । ६७ को १ मा ‘बीमकले आफ्नो सञ्चालक, सञ्चालकको एकाघरको परिवार, आधारभूत शेयरधनी, वित्तीय स्वार्थ भएको व्यक्ति बीमक वा त्यसको सञ्चालक मेनेजिङ एजेण्ट भएको वा हिस्सेदार भएको कुनै पनि फर्म, कम्पनी वा संस्था वा कार्यकारी प्रमुखसँग साझेदारीमा कुनै व्यवसाय गर्न वा सम्पत्ति जोड्न हुँदैन’’ भनेको छ ।
यस्तै ६७ को २ मा ‘‘यो ऐन प्रारम्भ हुनु अघि बीमकले आफ्नो सञ्चालक, सञ्चालकको एकाघरको परिवार, आधारभूत शेयरधनी, वित्तीय स्वार्थ भएको व्यक्ति, बीमक वा त्यसको सञ्चालक मेनेजिङ एजेण्ट भएको वा हिस्सेदार भएको कुनै पनि फर्म, कम्पनी वा संस्था वा कार्यकारी प्रमुखसँग साझेदारीमा कुनै व्यवसाय गरेको वा कुनै सम्पत्ति जोडेको रहेछ भने यो ऐन प्रारम्भ भएको छ महिनाभित्र त्यस्तो व्यवसाय वा सम्पत्तिबाट आफ्नो व्यवसाय वा सम्पत्ति अलग गर्नु पर्नेछ’’ भन्ने उल्लेख छ ।












प्रतिक्रिया दिनुहोस्