Skip to content

वैद्य अर्गनाइजेशनले नेपालमा भित्रायो इटालीको प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’

nabil bank

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक तथा वैद्य अर्गनाइजेशन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसेसले इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’सँग आधिकारिक साझेदारी गरेको घोषणा गरेको छ।

चारपांग्रे सवारीतर्फ टोयोटाको सफल बिक्री वितरण गर्दै आएको यस समूहले पछिल्लो समय दुईपांग्रे क्षेत्रमा पनि आक्रामक विस्तार गरिरहेको छ। यसअघि समूहले प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरलाई नेपाली बजारमा भित्र्याएको थियो। आधुनिक प्रविधि, उच्च प्रदर्शन र नवप्रवर्तनमा आधारित एथरको सफलताले वैद्य अर्गनाइजेशनलाई दुईपांग्रे बजारमा पुनः स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो।

सोही सफलतालाई निरन्तरता दिँदै समूहले इटालीको प्रतिष्ठित मोटरसाइकल ब्रान्ड मोर्बिडेलीलाई नेपालमा भित्र्याएको जनाएको छ। मोर्बिडेली आफ्नो प्रिमियम डिजाइन, शक्तिशाली इन्जिन र रेसिङ हेरिटेजका लागि विश्वभर परिचित ब्रान्ड हो। यसले नेपाली युवा तथा बाइक उत्साहीहरुलाई लक्षित गर्दै उच्चस्तरीय राइडिङ अनुभव प्रदान गर्ने विश्वास कम्पनीको छ।

मोर्बिडेली ब्रान्डमार्फत वैद्य अर्गनाइजेशनले प्रिमियम मोटरसाइकल सेग्मेन्टमा नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य लिएको छ। निकट भविष्यमा विभिन्न मोडेल सार्वजनिक गर्दै देशव्यापी संजाल विस्तार गर्ने योजना समेत समूहले अघि सारेको छ।

मोर्बिडेली विश्वव्यापी रुपमा किपवे ग्रुप अन्तर्गत संचालन हुने ब्रान्ड हो। यसले बेनेल्ली, मोर्बिडेली र बेन्डाजस्ता अन्तर्राष्ट्रिय मोटरसाइकल ब्रान्डहरूलाई होल्ड गर्दै आएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi