काठमाडौं । नाडा अटोमोबाइल्स्एशोसिएशन अफ नेपालको प्रस्तुतीमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशिएसन (वाडा) द्वारा यही चैत्र ११ गते देखि १५ गते सम्म पोखरा ताल बराही चोकस्थीत खेल मैदानमा ‘दोस्रो नाडा प्रजेन्ट्स् वाडा अटो शो २०२६’ आयोजना गरिने भएको छ।
प्रदर्शनीमा पोखरा महानगरपालिका प्रबर्धक रहेको छ भने प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसनएण्ड म्यानेजमेन्ट सर्भिसेजले गर्नेछ। प्रदर्शनीको पावर्डबाईमा राइड इनर्जी, इन्सुरेन्सपार्टनरमा शिखर इन्सुरेन्स, हस्पिटल पार्टनरमा दीर्घायु पोखरा हस्पिटल, टिकटिङ्ग पार्टनरमा खल्ती एप, क्यु आरपार्टनरमा युनियन पे, हस्पिटालिटी पार्टनरमा टेम्पल बेल, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, फायर सेफ्टीपार्टनरमा हिटको प्रा।लि।, फर्निचर पार्टनरमा सिटिजन फर्निचर, प्रिन्टिङ्ग पार्टनरमा पोखरा क्रिएटिभ्स प्रालि रहेका छन्।
यो संस्करणमा सवारी साधन खरिद बिक्री एवं यस क्षेत्रमा भई रहेका आधुनिक प्रविधि विकास बारे प्रत्यक्षजानकारी उपलब्ध गराउनुका साथै अवलोकनकर्ताहरूलाई प्रशंसनीय सेवा प्रवाहमा जोड दिइने आयोजकले जनाएको छ। अटो व्यवसायको सुदृढिकरण एवं प्रबर्धन, क्षेत्रीय बजारमा सहज पहुँच तथा बढ्दो मागलाई ध्यानमा राखी नेपालमै उत्पादनको सम्भाव्यतालाई समेत समयानुकूल बनाउनका लागि आवश्यक एवं व्यवस्थित वातावरण निमार्ण गर्न यस व्यापारिक प्रदर्शनीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने आयोजकको विश्वास छ।
आयोजकका अनुसार विभिन्न जिल्लाहरू एवं प्रदेशहरूबाट हुने व्यवसायिक भेलाले अटो व्यवसाय प्रबर्धन मात्र नभई आन्तरिक पर्यटनलाई समेत टेवा पुग्ने छ। साथै यस प्रदर्शनीले स्थानीय रुपमा देखिने वा महसुस गरिने विभिन्नव्यवसायिक समस्याहरूको चिनारी गर्ने तथा त्यसका सामाधानका विकल्पहरु खोज्ने साझा थलो बन्न सक्नेआयोजकहरूको विश्वास रहेको छ।
नाडा प्रजेन्ट्स् वाडा अटो शो २०२६ मा १६ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, १० वटा ब्राण्डका २–पाङ्ग्रे, एउटा हेभी कमर्शियल लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरूतथा वित्तिय संस्थाहरूका २० वटा स्टलहरू रहने छन्।
प्रदर्शनीको थप आकर्षणका निम्ति तथा नया पुस्तालाई नेपालमा भित्रिएका र गुडाइएका एैतिहासिक पुरानामोडलका कारहरूको जानकारी उपलब्ध गराउने उदेश्यकासाथ यस संस्करणमा विशेष भिन्टेज कार शोकोआयोजना गरिनेछ। यसकासाथै अत्याधुनिक प्रविधि विकास एवं नवपरिवर्तन संग आम सर्वसाधारणलाईसाक्षात्कार गराउनकालागि रोबोटहरू पनि प्रदर्शनमा राखिने छ जसमा युनीट्रि जि वान ह्युमानोइड रोबोट,युनीट्रि गो टु, चंखे जस्ता आकर्षक रोबोटहरू रहने छन्।
५ दिन सम्म चल्ने यस अटो शोमा लगभग ४५ हजार आगन्तुकहरूले अवलोकन गर्ने विश्वासका आयोजकको रहेको छ। टिकटमा विशेष आकर्षण स्वरूप खल्ती एपबाट टिकट खरिद गर्दा प्रत्येक दिन पहिलो १०० जना साधारण टिकटमा ५० प्रतिशत तथा पहिलो १०० जना विद्यार्थी टिकटमा १०० प्रतिशत फिर्ता हुने गरी यस अटो शोका क्यू आर पार्टनर युनियन पेद्वारा क्यास ब्याकको व्यवस्था गरिएको छ।












प्रतिक्रिया दिनुहोस्