काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका निवर्तमान अध्यक्ष तथा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई नियन्त्रणमा लिइएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले अग्रवाललाई बयानका लागि नियन्त्रणमा लिइएको लगानी न्यूजलाई बताए ।
अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा नियन्त्रणमा लिइएको उनको भनाइ छ ।
अग्रवाललाई प्रहरीले शुक्रबार भैरहवास्थित नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरेको छ ।
पक्राउ परे लगत्तै विभागले बयान लिन थालेको हो ।
अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षबाट गत बिहीबार राजीनामा दिएका छन् । उनले दिएको राजीनामा शुक्रबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।












प्रतिक्रिया दिनुहोस्