Skip to content

स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच रणनीतिक साझेदारी

nabil bank

काठमाड‌ौं । स्मार्ट च्वाइस टेक्नोलोजिज (एससिटी) र सिटी टेक ग्रुप प्रालिबीच रणनीतिक साझेदारीसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

नेपालमा डिजिटल भुक्तानी स्वीकार प्रणालीलाई अझ आधुनिक, प्रभावकारी र विस्तारयोग्य बनाउने उद्देश्यका साथ उक्त सम्झौता भएको हो ।

सम्झौतापछि सिटी टेकको हार्डवेयर फिनपिओएसमा एससिटीको प्लेटफर्ममार्फत भुक्तानी स्वीकार गर्ने सुविधा उपलब्ध हुनेछ । यसमार्फत भिसा, युनियन पे, नेपालपेलगायत विभिन्न कार्ड स्किमहरूका साथै डायनामिक क्यूआर प्रणालीमार्फत डिजिटल भुक्तानी गर्न सकिनेछ ।

साझेदारीले एससिटीको सशक्त भुक्तानी पूर्वाधारलाई सिटी टेकको आधुनिक फिनपिओएस प्रविधिसँग संयोजन गर्दै बैंक, वित्तीय संस्था तथा व्यापारीहरूका लागि सहज र विस्तारयोग्य पिओएस डिभाइस उपलब्ध गराउनेछ ।

विशेषगरी पिओएस एक्विरिङ व्यवसाय गर्न इच्छुक बैंक तथा भुक्तानी सेवा प्रदायकहरूका लागि यो सेवा लाभदायक हुने अपेक्षा गरिएको छ । अलग-अलग कार्ड स्किमका लागि सदस्यता लिनुपर्ने झन्झट, प्रविधिमा गर्नुपर्ने उच्च लगानी तथा सुरक्षा प्रमाणीकरण प्रक्रिया घट्ने भएकाले यो समाधान आर्थिक रूपमा पनि प्रभावकारी हुने बताइएको छ ।

एससिटीले डिजिटल भुक्तानी प्रणालीको विस्तार, पहुँच अभिवृद्धि तथा नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै आएको छ। फिनपिओएस सँगको सहकार्यलाई कम्पनीले सोही प्रतिबद्धताको महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ।

हाल एससिटीले २४ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारीमार्फत एससिटी–युनियनपे कार्ड जारी गर्दै आएको छ। कम्पनीले आफ्नै ‘स्मार्ट स्विच’ प्रणालीमार्फत एससिटी–युनियनपे तथा भिसा कार्ड जारी गर्नुका साथै रुपे, मास्टरकार्ड र डिस्कभर कार्डहरू स्वीकार गर्दै आएको छ।

विगत दुई दशकदेखि नेपालभर सुरक्षित, सरल र भरपर्दो भुक्तानी सेवा प्रदान गर्दै आएको एससिटी नेपालकै पहिलो घरेलु (डोमेस्टिक) कार्ड स्किम हो। कम्पनीले कार्ड सेवासँगै स्मार्ट क्यूआर, स्मार्ट पे अन्तर बैंक भुक्तानी सेवा र मोबाइल बैंकिङ समाधानसमेत उपलब्ध गराउँदै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi