Skip to content

कालिकोटको महावैमा नुनको डिपो स्थापना

nabil bank

कालिकोट । कालिकोटको महावै गाउँपालिकाले गाउँमै आयोडिनयुक्त नुनको डिपो सञ्चालन गरेको छ । आयोडिनयुक्त नुन लिनका लागि सदरमुकाम जानुपर्ने बाध्यता हटाउन  गाउँमै नुन डिपोको स्थापना गरिएको हो ।

महावैका नागरिकका लागि नुन डिपो स्थापना गरी पालिकाको विर्तामोडबाट वितरण गरिने महावैका अध्यक्षखेमबहादुर सिंहले बताए । ‘एक प्याकेट नुन लिनका लागि सदरमुकाम मान्म धाउनु परिरहेको छ । यसका लागि स्थानीयले  एक हजारदेखि  दुई हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने बाध्यता छ’, उनले भने । अब नुन खरिद गर्नका लागि सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको अध्यक्ष सिंहको भनाइ छ । 

उनले भने, ‘आयोडिनयुक्त नुन गाउँमा नै उपलब्ध गराउने उद्देश्यले डिपोको स्थापना गरिएको हो ।’ हिमचुली कृषि सहकारी संस्थाको साझेदारी र गाउँपालिकाको समन्वयमा डिपो स्थापना गरी सेवा प्रवाह भइरहेको छ । नुन खरिद गर्न आउनुभएका स्थानीय राजबहादुर सिंहले एक दिन लगाएर नुनका लागि सदरमुकाम जानुपर्ने बाध्यता हटेकामा खुसी व्यक्त गरे। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi