Skip to content

इसेवाको ब्रान्ड इन्डोर्सरको रूपमा राष्ट्रिय खेलाडी प्रिन्स दाहाल आबद्ध

 

काठमाडौं । खेल क्षेत्र तथा खेलाडीहरूलाई प्रोत्साहन गर्दै नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई आफ्नो ब्रान्ड इन्डोर्सरको रूपमा आबद्ध गरेको छ।

प्रिन्स दाहाल, ओलम्पिकमा ब्याडमिन्टन खेल खेल्ने पहिलो नेपाली रहेका छन्। सन् २०१९ मा जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुग्न सफल भएका प्रिन्सले राष्ट्रिय स्तरमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि आफूलाई अब्बल खेलाडीका रूपमा स्थापित गरिसकेका छन्।

इसेवाले यसअघि राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो ब्रान्ड इन्डोर्सरको रूपमा आबद्ध गरेको थियो ।

इसेवाको प्रमुख कार्यकारी निर्देशक जगदीश खड्काले, राष्ट्रिय गौरव प्रिन्स दाहालसँग सहकार्य गर्न पाएकोमा हर्ष व्यक्त गर्दै आउने पेरिस ओलम्पिक २०२४ का लागि दाहाललाई शुभकामना दिए ।

यसका साथै आगामी दिनहरूमा पनि विभिन्न विधाका खेलाडीहरूलाई निरन्तर प्रोत्साहन तथा आवश्यक सहयोग गर्ने लक्ष्यमा इसेवा दृढ रहेको प्रमुख कार्यकारी निर्देशक जगदीश खड्काले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T