Skip to content

शुलभकी श्रीमती शुभी अग्रवालले गरिन करिब ६३ करोडको उधारो कारोबार, नगद जरिवानादेखि जेल सजायसम्म हुने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका तत्कालिन अध्यक्ष शुलभ अग्रवालकी श्रीमती शुभी अग्रवालले सुभी अग्रवालले भृकुटी स्टक ब्रोकिङ्ग कम्पनीलाई ६२ करोड ८९ लाख ५६ हजार ३७१ रुपैयाँ ७० पैसा तिर्न बाँकी रहेको देखिएको छ । धितोपत्र बोर्डले गरेको अनुसन्धानले यस्तो देखाएको हो ।

शुभीले श्रीमान शुलभ अग्रवाल अध्यक्ष रहेको हिमालयन लाइफ इन्स्योरेन्ससँग खरिद बिक्री गर्दा उक्त ब्रोकरबाट उधारो कारोबार गरेको पाइएको छ । शुभीले २०८१ असोज २२ गतेदेखि हालसम्मको कारोबार गरेको पाइएको छ । उनले यो अवधिमा धितोपत्र खरिद वापत कुनै पनि रकम जम्मा नगरेको पाइएको छ । शुभीलाई अग्रिम रकम नराखे पिन कारोबार गर्न सीमा प्रदान गरिएको देखिएको छ ।
उनले सेयर खरिद बापतको रकम जम्मा नगरे पनि उनको खातामा धितोपत्र जम्मा गरिदिएको देखिएको छ ।

उनले भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रालिलाई तिर्न बाँकी रकम २०८२ असार १६ गतेसम्म १ अर्ब ३६ करोड ९ लाख ३२ हजार ३४९ रुपैयाँ ३२ पैसा सम्म पुगेको छ । २०८२ माघ २३ गतेदेखि ६२ करोड ८९ लाख ५६ हजार ३७१ रुपैयाँ ७० पैसा रकम तिर्न बाँकी छ । उनले उक्त अवधिमा नेपाल रिइन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर खरिद बिक्री गरेको देखिएको छ । शुभीले २०८१ असोज २२ गतेदेखि २०८२ मंसिर ८ गतेसम्म उक्त कम्पनीहरुको खरिद बिक्री गरेको पाइएको छ ।

उनले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ र दफा ९८ बमोजिम कसूर गरेको पाइएको छ । दफा ९६ मा धितोपत्र बजारलाई प्रभावित पार्ने कार्य र दफा ९८ मा जालसाजीयुक्त कारोबार सम्बन्धी व्यवस्था गरिएको छ ।

ऐनको दफा १०१ अनुसार यस्तो कसूरमा दण्ड सजायको व्यवस्था छ । दफा ९६ अनुसार कसूर गरेमा ५० हजारदेखि १ लाख ७५ हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ । साथै, कसैलाई हानी नोक्सानी पुगेको भए त्यसको क्षतिपूर्ति पनि भराउनुपर्ने हुन्छ ।

त्यसैगरी, दफा ९८ अनुसार कसूर गरेमा १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । साथै, पीडितलाई भएको नोक्सानीसमेत भराउनुपर्ने उल्लेख गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T