Skip to content

सानिमा बैंकको नाफा ४२.२२ प्रतिशतले बढ्यो, अन्य सूचकमा कस्तो छ सुधार ?

nabil bank

काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

बैंकले चालु आवको ९ महिनासम्ममा २ अर्ब ३५ करोड २ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४२.२२ प्रतिशतले धेरै हो । गत आवको सोहीमा बैंकले १ अर्ब ६५ करोड २४ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी, सञ्चालन नाफा बढेको र इन्पेरमेन्ट चार्ज घटेका कारण बैंकको नाफा बढेको छ । बैंकका अनुसार चैत मसान्तसम्म खुद ब्याज आम्दानी २०.४८ प्रतिशतले बढेर ५ अर्ब १६ करोड रुपैयाँ रहेको छ भने सञ्चालन नाफा ४७.५० प्रतिशतले बढेर ३ अर्ब ३२ करोड ६ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

यस्तै बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ४० करोड ४३ लाख १९ हजार रुपैयाँबाट घटेर १ अर्ब ३६ करोड ७७ लाख ४३ हजार रुपैयाँ रहेको छ । चैत मसान्तसम्म बैंकको वितरणयोग्य नाफा २.५९ प्रतिशतले घटेर २ अर्ब १४ करोड १५ लाख २७ हजार रहेको छ । बैंकको लाभांश दिने क्षमता २१.२ पैसा रहेको छ।

बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ५५ पैसा रहेको छ । १५ अर्ब ५८ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब ८० करोड ४७ लाख रुपैयाँ छ । बैंकले चैत मसान्तसम्म २ खर्ब ३३ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
citizen life
MAK 4T
Arghakhachi