काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ३ अर्ब ३२ करोड ९३ लाख १६ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.७१ प्रतिशतले थोरै हो । गत आवको सोही अवधिमा बैकका नाफा ३ अर्ब ४५ करोड ७६ लाख ३६ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज बढेको, सञ्चालन नाफा घटेका कारण नाफा घटेको छ । चैत मसान्तसम्म बैंकको इम्पेरमेन्ट चार्ज ७७ करोढ ७३ लाख ९६ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २७ करोड २९ लाख ४८ हजार रहेको थियो ।
बैंकको सञ्चालन नाफा ३.५३ प्रतिशतले घटेर ४ अर्ब ९० करोड ३६ लाख ८६ हजार रहेको छ । बैंकको खुद ब्याज आम्दानी १.३३ प्रतिशत बढेर ६ अर्ब ८३ करोड ३४ लाख ७० हजार रहेको छ । बैंकको कुल सञ्चालन आम्दानी ९.२२ प्रतिशत बढेर ८ अर्ब ९३ करोड १० लाख ३५ हजार रहेको छ ।
बैंकको वितरणयोग्य नाफा ४ अर्ब ४ करोड ८५ लाख ६९ हजार रुपैयाँ रहेको छ । वितरणयोग्य प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ३४ पैसा रहेको छ। बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ३५ छ भने प्रतिसेयर नेटवर्थ २४४ रुपैयाँ २७ पैसा रहेको छ ।
बैंकको खराब कर्जा ०.६१ प्रतिशत रहेको छ । १३ अर्ब ७२ करोड १३ लाख ७६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १९ अर्ब ७९ करोड ५८ लाख ४८ हजार रुपैयाँ छ । बैंकले ३ खर्ब २ अर्ब ४३ करोड ३४ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ५० अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।












प्रतिक्रिया दिनुहोस्