Skip to content

वाणिज्य बैंकले करिब साढे एक खर्ब खुद ब्याज आम्दानी गरे, कुनको कति ? 

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म २० वाणिज्य बैंकहरूले करिब साढे एक खर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन्। यो आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.९९ प्रतिशतले वृद्धि भएको हो।

गत आर्थिक वर्षको चैतसम्म बैंकहरूले कुल १ खर्ब ३९ अर्ब ८९ करोड ८५ लाख ६५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका बैंक चालु वर्षको सोही अवधिसम्म आइपुग्दा उक्त आम्दानी बढेर १ खर्ब ४२ अर्ब ६८ करोड ३५ लाख ८१ हजार रुपैयाँ पुगेको छ।

बैंकहरूको आम्दानी संरचनामा खुद ब्याज आम्दानीलाई प्रमुख स्रोतका रूपमा हेरिन्छ। बैंकहरूले सर्वसाधारणबाट निक्षेप संकलन गरेर त्यसमा ब्याज तिर्छन् र सोही रकमलाई ऋणका रूपमा लगानी गरी ब्याज आम्दानी गर्छन्। यसरी प्राप्त कुल ब्याज आम्दानीबाट निक्षेपमा तिर्नुपर्ने ब्याज खर्च घटाउँदा बाँकी रहने रकमलाई नै खुद ब्याज आम्दानी भनिन्छ।

यस अवधिसम्म आउँदा ७ वाणिज्य बैंकको यस्तो आम्दानी घटेको छ । यस अवधिसम्म आउँदा एनआईसी एशिया बैंकको यस्तो आम्दानी सबैभन्दा धेरै घटेको छ । यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक र लक्ष्मीसनराईज बैंकको यस्तो आम्दानी घटेको छ ।
यस अवधिसम्म आउँदा सबैभन्दा धेरै खुद ब्याज आम्दानी राष्ट्रिय वाणिज्य बैंकको बढेको छ । यस बैंकको २२.५८ प्रतिशतले बढेको  छ। यसैगरी, सानिमा बैंकको २०.४८ प्रतिशत, कुमारी बैंकको १७.८० प्रतिशत र एनएमबी बैंकको १३.६८ प्रतिशत खुद ब्याज आम्दानी गरेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T