Skip to content

सर्वोत्तम सिमेन्टको नाफा बढ्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । सर्वोत्तम सिमेन्टले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार चैतसम्म कम्पनीले ९० करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

अघिल्लो आर्थिक वर्ष सोही अवधिसम्मको तुलनामा कम्पनीको नाफा ५०.२१ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले ६० करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

चालु वर्षको चैतसम्म कम्पनीले उत्पादन बिक्री गरेर ७ अर्ब ७९ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष चैतसम्म कम्पनीले ६ अर्ब ८१ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीको आम्दानी २.८८ प्रतिशतले घटेको छ।

समीक्षा अवधिसम्म कम्पनीले अन्य आम्दानी १८ करोड ७९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म अन्य आम्दानी १२ करोड ४८ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ५ अर्ब २२ करोड ४२ लाख रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटीमा ४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको अन्य इक्विटीमा ४ अर्ब ३३ करोड ६३ लाख रुपैयाँ थियो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २३.१२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९५.९६ रुपैयाँ रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T