Skip to content
Prabhu

नबिल बैंकबाट तत्कालको बंगलादेशको आइएफआइसी बैंक नबाहिरिने, सेयर बिक्री प्रक्रिया रद्ध

 

काठमाडौं । नबिल बैंकबाट बंगलादेशको आइएफआइसी बैंक नबाहिरिने भएको छ ।

नबिल बैंकमा आइएफआईसीको सेयर स्वामित्व ७.७७ प्रतिशत रहेको थियो । तत्कालिन नेपाल बंगलादेश(एनबी) बैंकमा आइएफआईसी लगानी गर्न आएको थियो । अहिले नबिलमा आइएफआईसी नबिलमा दोस्रो सेयरधनी हो ।

नबिल बैंकमा रहेको रहेको आइएफआईसीको सेयर बिनोद चौधरीको परिवारले किन्ने सहमति भएको थियो । सो अनुसार प्रक्रिया अगाडि बढेको भएपनि राष्ट्र बैंकले यसमा सहमति नभएको बुझिएको छ । सो अनुसार तत्कालको लागि सेयर खरिदबिक्री प्रक्रिया रोकिएको छ ।

राष्ट्र बैंकले सेयर खरिदबिक्रीको अनुमति लामो समयसम्म नदिएपछि सेयर खरिदबिक्रीको प्रक्रिया अहिलेको लागि पूर्ण रुपमा स्थगित भएको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal