Skip to content

लक्ष्मी सन्‌राइज बैंक र आईएफसीबीच सहकार्य सम्झौता

nabil bank

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले विश्व बैंक समूहअन्तर्गतको निजी क्षेत्रीय इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी) सँग सहकार्य गर्ने भएको छ । दुई संस्थाबीच बैंकिङ अन वुमन पहलअन्तर्गत ‘ग्लोबल डब्लूएमएसएमई एसडीडी’ सहकार्य सम्झौता गरेको हो ।

उक्त सम्झौतामा लक्ष्मी सन्‌राइज बैंकका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई तथा आईएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका थिए ।

यो सहकार्यले जिम्मेवार बैंकिङ अभ्यासप्रति बैंकको प्रतिबद्धतालाई थप मजबुत बनाएको जनाइएको छ । बैंकले यस साझेदारीमार्फत महिला उद्यमशीलता प्रवर्द्धन तथा समावेशी आर्थिक विकासमा अर्थपूर्ण योगदान पुर्‍याउने अपेक्षा राखेको छ ।

उक्त कार्यक्रमलाई महिला उद्यमशीलता प्रवर्द्धनका लागि स्थापित बहुपक्षीय अन्तर्राष्ट्रिय पहल महिला उद्यमी वित्त पहलले सहयोग गरिरहेको बताएको छ । यसले विश्वभरका महिला नेतृत्व तथा स्वामित्व भएका साना तथा मझौला उद्यम (डब्लूएमएसइमइज) मा लगानी तथा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको बहुदातृ अन्तर्राष्ट्रिय प्लेटफर्म हो ।

बैंकका अनुसार, यसअन्तर्गत सञ्चालन हुने ‘महिला उद्यमशील वित्त कोड’ वित्तीय संस्था, नियामक निकाय तथा वित्तीय प्रणालीसँग आबद्ध सरोकारवालाबीचको साझा प्रतिबद्धता हो । जसले महिला उद्यमीलाई आवश्यक वित्तीय स्रोत उपलब्ध गराई आर्थिक वृद्धि र रोजगारी सिर्जनामा योगदान पुर्‍याउने लक्ष्य राखेको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi