Skip to content

बर्लीको बजारमा आक्रामक विस्तार: कमर्सियल रेन्ज पछि अब १ नयाँ डेजर्ट र १ पर्सनल कूलर सार्वजनिक

nabil bank

काठमाडौं  । नेपाली उपभोक्ताको मन जित्न सफल अन्तर्राष्ट्रिय ब्रान्ड बर्ली होम एप्लायन्सले यस सिजनका लागि आफ्नो कुलिङ पोर्टफोलियोमा नयाँ उचाइ कायम गरेको छ। ठुला व्यावसायिक प्रतिष्ठानहरूका लागि ३ शक्तिशाली कमर्सियल कूलर सार्वजनिक गरेको केही समयमै बर्लीले अब घरेलु र व्यक्तिगत प्रयोगका लागि थप १ नयाँ डेजर्ट र १ नयाँ पर्सनल कूलर बजारमा ल्याएको छ।

यो नयाँ लन्चसँगै बर्ली अब कुल २२ वटा एयर कूलर मोडलहरूका साथ नेपालकै सबैभन्दा विस्तृत र विविध रेन्ज भएको ब्रान्ड बन्न सफल भएको छ। नेपालका लागि आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले उपभोक्ताको हरेक आवश्यकता र बजेटलाई ध्यानमा राख्दै यी उत्पादनहरू उपलब्ध गराएको हो।

नयाँ थपिएका मोडलहरू:

१.  पोलो–५५ एल ब्लु (डेजर्ट कूलर)

  • विशेषता: मध्यम तथा ठुला कोठाहरूका लागि डिजाइन गरिएको यो ५५ लिटर क्षमताको डेजर्ट कूलरले शक्तिशाली कुलिङका साथै घरको इन्टेरियरमा प्रिमियम र आधुनिक लुक्स थप्नेछ।

२. प्राइड ४५एल (पर्सनल कूलर)

  • विशेषता: पर्सनल प्रयोग र अफिस क्याबिनका लागि यो ४५ लिटर क्षमताको कूलर सबैभन्दा उपयुक्त र कम्प्याक्ट विकल्प हो। यसले अत्यन्तै कम आवाजमा प्रभावकारी शीतलता प्रदान गर्दछ।

२२ मोडलको विरासत र प्रविधि

बर्लीले अहिले बजारमा पर्सनल, डेजर्ट, टावर र कमर्सियल (१०० देखि १३५ लिटरसम्म) गरी कुल २२ वटा फरक–फरक भेराइटीहरू उपलब्ध गराएको छ। यी सबै कूलरहरूमा निम्न अत्याधुनिक विशेषताहरू रहेका छन्:

  • ४–तर्फी कुलिङ: भर्टिकल र होरिजन्टल एयर फ्लो (स्वचालित लुभर्स) मार्फत हावालाई चारै दिशामा फैलाएर कोठाको कुना–कुनासम्म समान शीतलता।
  • एन्टी-फंगल ट्रिपल लेयर हनीकोम्ब प्याडहरू: तीन तहको विशेष हानीकम प्याड, जसले लामो समयसम्म तीव्र शीतलता दिनुका साथै ढुसी (Fungal) लाग्नबाट बचाउँछ।
  • अइस चेम्बरः अझ बढी चिसो हावाको अनुभूति गर्नका लागि छुट्टै बरफ राख्ने विशेष चेम्बरको व्यवस्था।
  • इन्भटर कम्प्यटिबल: बिजुली कटौती भएको समयमा पनि घरको इन्भर्टरबाट सहजै चलाउन सकिने गरी डिजाइन गरिएको।
  • लो नोइज अप्रेशन: शक्तिशाली एयर–थ्रो भए तापनि काम वा निद्रामा बाधा नपुग्ने गरी अत्यन्तै कम आवाजमा चल्ने।
  • रोबट्स बडी: आकर्षक फिनिसिङका साथै लामो समयसम्म टिक्ने मजबुत र ‘शक्–प्रुफ’ बडी।
  • स्वस्थ हावा र बिजुली बचत: एन्टी–ब्याक्टेरियल फिल्टरले हावा स्वच्छ राख्छ भने एयर कन्डिसनरको तुलनामा ८० प्रतिशतसम्म कम बिजुली खपत हुन्छ।

“हामीले छोटो समयमै कूलर बजारमा जुन आक्रामक विस्तार गरेका छौँ, त्यसले बर्लीप्रतिको ग्राहकको विश्वासलाई झल्काउँछ। ३ शक्तिशाली कमर्सियल जायन्ट लगत्तै १ डेजर्ट र १ पर्सनल कूलर थपिनुले हामी नेपाली ग्राहकका सानो कोठादेखि विशाल हलसम्मका हरेक आवश्यकता पुरा गर्न सक्षम छौँ भन्ने प्रमाणित गर्छ।”  सीजी इलेक्ट्रोनिक्सका प्रवक्ता भन्छन् ।

 बर्ली होम अप्लायन्सेस बारे

बर्ली होम अप्लायन्सेस एक द्रुत–गति विस्तार भइरहेको अन्तर्राष्ट्रिय ब्रान्ड हो, जसले कूलिङ, हीटिङ, किचेन र होम–कम्फर्ट श्रेणीका उत्पादनहरूमा आधुनिक, दीगो र ऊर्जा–दक्ष समाधान प्रदान गर्छ।

प्रिमियम निर्माण र उपभोक्ता–मैत्री प्रदर्शनका कारण बर्ली दक्षिण एसियाली बजारमा छिट्टै लोकप्रिय बनेको छ। नेपाल बर्ली को लागि महत्त्वपूर्ण बजारका रूपमा स्थापित हुँदै आएको छ, जहाँ उत्पादनहरू सीजी इलेक्ट्रोनिक्स  मार्फत मात्र उपलब्ध छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi