Skip to content

युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको अमेरिकासँग माग

nabil bank

काठमाडौं । इरानले यस क्षेत्रमा युद्ध अन्त्य गर्न र विदेशमा रोक्का गरिएको सम्पत्तिलाई फुकुवा गर्न आह्वान गरेको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले भने “हामीले कुनै छुटको माग गरेका छैनौँ । हामीले इरानको वैधानिक अधिकारका लागि मात्र माग गरेका छौँ ।”

उहाँले इरानको मागमा ‘यस क्षेत्रमा युद्ध अन्त्य गर्नुपर्ने, अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने’ र ‘वर्षौंदेखि विदेशी बैङ्कमा अन्यायपूर्वक फसेको इरानी जनताको सम्पत्ति रिहाइ’ समावेश रहेको बताएयो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्तावमाथि इरानले दिएको प्रतिक्रियालाई अस्वीकार गरेको बताउनुभएको छ ।

बकाईले खाडीमा जारी तनावलाई औँल्याउँदै भने “तेहरानले युरोपेली देशहरूलाई कसैलाई पनि फाइदा नहुने सङ्कटमा संलग्न नहुन चेतावनी दिएको छ ।

उहाँले भन्नुभयो, “‘स्ट्रेट अफ हर्मुज’मा कुनै पनि प्रकारको हस्तक्षेपले स्थितिलाई थप जटिल बनाउनेछ ।”

बेलायत र फ्रान्सले स्ट्रेट अफ हर्मुज सुरक्षित गर्न अन्तर्राष्ट्रिय गठबन्धन बनाउने प्रयासको नेतृत्व गरिरहेका छन्, तर यो अमेरिका र इरानबीच शान्ति सम्झौता भएपछि मात्र हुने बताइएको छ ।

शुक्रबार अमेरिकी विदेशमन्त्री मार्को रुबिओले रोमको दुई दिने भ्रमण सकिएपछि युरोपेलीहरूलाई प्रमुख जलमार्ग सुरक्षित गर्न मद्दत गर्न आग्रह गरेयो ।

सोमबार पत्रकारहरूसँगको कुराकानीका क्रममा बकाईले खाडीमा कथित तेल चुहावटको दावीलाई अस्वीकार गरेपछि भू–उपग्रह लिइएका तस्बिरहरूमा इरानको खार्ग टापुको तटमा तेलको थोपा फैलिएको देखिएको थियो ।

उनले भने, “तेलको चुवावट र यस्तै मामिलाहरूको बारेमा गरिएका दाबीहरू पूर्ण रूपमा मनगढन्ते पुष्टि भएका छन् ।”

उहाँले खाडीमा देखिएको सम्पूर्ण समस्याका लागि अमेरिकी उपस्थितिलाई दोष दिँदै अगाडि भने, “तेहरान खाडीमा ‘वातावरणीय क्षतिको बारेमा धेरै चिन्तित छ’।”

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi