Skip to content

पोखरा फाइनान्स समृद्धि फाइनान्समा गाभिने, राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्सलाई समृद्धि फाइनान्समा गाभिनको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ। बुधबार सार्वजनिक भएको स्वीकृतिसँगै दुवै फाइनान्स कम्पनी अब एकीकृत संस्थाका रूपमा अघि बढ्ने मार्ग खुलेको छ।

राष्ट्र बैंकबाट प्राप्त स्वीकृतिपछि अब मर्जर प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने छ। यसअघि दुवै फाइनान्स कम्पनीका सञ्चालक समिति तथा साधारणसभाले मर्जर सम्झौतिलाई अनुमोदन गरिसकेका थिए।

मर्जरपछि बन्ने संयुक्त संस्थाको नाम, प्रमुख पदाधिकारी तथा प्रारम्भिक कार्ययोजना सम्बन्धी विवरण भने दुवै कम्पनीले चाँडै सार्वजनिक गर्ने जनाइएको छ। मर्जरले जोखिम वहन क्षमतामा सुधार, पूँजी संरचना सुदृढीकरण तथा सेवा विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

वित्तीय क्षेत्रमा देखिएको प्रतिस्पर्धा, नियामक आवश्यकताहरू र संस्थागत क्षमता मजबुत पार्ने लक्ष्यसहित दुवै फाइनान्स कम्पनीले गाभिने निर्णय गरेका हुन्।

अब राष्ट्र बैंकको निर्देशनअनुसार एकीकृत कारोबार कार्यान्वयनका लागि आवश्यक प्रक्रिया सुरु हुनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T