Skip to content

जेठ महिनाको लागि ८ वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकले दिन्छ सबैभन्दा धेरै ?

काठमाडौं । आगामी जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। जेठ महिनाको लागि हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंक मध्ये ८ वाणिज्य बैंकले मुद्दती निक्षेको ब्याजदर थप घटाएका छन भने, बाँकी १२ वाणिज्य बैंकले निक्षेपको ब्याजदर यथावत राखेका छन् ।

नयाँ दरअनुसार औसत ब्याजदर ४.४ प्रतिशतबाट घटेर ४.३४ प्रतिशतमा झरेको छ । बैंकहरूमध्ये एनएमबी बैंकले सबैभन्दा उच्च ४.८ प्रतिशत ब्याजदर कायम गरेको छ ।

एनआईसी एशिया बैंक, हिमालयन बैंक र नेपाल बैंकले ०.२५ प्रतिशतका दरले कटौती गरेका छन्। यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.१ प्रतिशत, कुमारी बैंकले ०.०९ प्रतिशत र सिटिजन्स बैंक इन्टरनेशनलले ०.०५ प्रतिशतले ब्याजदर घटाएका छन्।

बाँकी बैंकहरू जस्तै प्रभु बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंकलगायतले भने ब्याजदर यथावत राखेका छन्।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T