Skip to content

राष्ट्र बैंकले पुजा मनि चेञ्जरको इजाजतपत्र रद्द गर्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले वीरगंजस्थितकाे पुजा मनि चेञ्जरको इजाजतपत्र रद्द गरेको छ। राष्ट्र बैंकका अनुसार पुजा मनि चेञ्जर प्रालिले तोकिएको समयमा इजाजतपत्र नवीकरण नगरेपछि यसको अनुमति खारेज गरिएको हो।

राष्ट्र बैंकद्वारा जारी मनि चेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उपविनियम (३) अनुसार नवीकरण नगरेको अवस्थामा इजाजतपत्र रद्द गर्न सकिने व्यवस्था छ।

सोही प्रावधानअनुसार उक्त संस्थालाई भारतीय रुपैयाँ कारोबार गर्ने इजाजतपत्र रद्द गर्ने निर्णय गरिएको राष्ट्र बैंकले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima