Skip to content

आजबाट टाटा मोटर्स “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आगामी जेठ १ गतेदेखि ३ गतेसम्म “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”आयोजना गर्ने भएको छ। ग्राहकलाई आधुनिक, सुरक्षित र विद्युतीय सवारी साधनतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना हुन लागेको यस विशेष एक्सचेन्ज क्याम्पमा ग्राहकहरूले विभिन्न आकर्षक सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प अन्तर्गत ग्राहकहरूले नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क आजीवन डीसी फास्ट चार्जिङ, निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर तथा निःशुल्क होम चार्जिङ जडान सुविधा प्राप्त गर्न सक्नेछन्।

यस एक्सचेन्ज क्याम्पमा टाटा मोटर्सका विभिन्न लोकप्रिय विद्युतीय तथा आइसिई सेगमेन्टका मोडलहरू उपलब्ध हुनेछन्। ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर नयाँ टाटा गाडी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ। एक्सचेन्ज मूल्यांकन सुविधा भने सिप्रदी एस्योर्ड प्रा।लि। द्वारा प्रदान गरिनेछ ।

ग्राहकहरूले देश भर रहेको टाटा मोटर्सको शोरुममा पुगी यस अवसरको लाभ लिन कम्पनी आग्रह गर्दछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima