काठमाडौं । सानिगाड हाइड्रो कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँको ८५ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ । जसमा पहिलो चरणमा कम्पनीले २८ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय, ५ लाख ७० हजार कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपाली, १ लाख ७१ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि र २ लाख ८५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकेको छ।
अब सर्वसाधारणका लागि जेठ १४ गतेदेखि प्रतिकित्ता सय रुपैयाँका दरले ४६ करोड ७४ लाख रुपैयाँको ४६ लाख ७४ हजार कित्ता सेयर निष्काशन गर्न लागेको छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा जेठ २० गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ २८ गतेसम्म आवेदन दिन सकिने छ ।
आवेदन धितोपत्र बोर्डबाट सी आस्बा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।












प्रतिक्रिया दिनुहोस्