Skip to content

राष्ट्रिय सहकारी बैंकको निर्वाचनमा विभागको चासो, दलीय प्यानल नबनाउन निर्देशन

nabil bank

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको आगामी निर्वाचनमा सहकारी विभागले चासो देखाएको छ ।

सहकारी विभागले बैंकको सञ्चालक समितिको निर्वाचनमा राजनीतिक दलको आस्थाका आधारमा प्यानल बनाएर प्रतिस्पर्धा गरिएको भन्ने विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विभागले सहकारीका आधारभूत मूल्य, मान्यता र सिद्धान्तविपरीत हुने यस्ता गतिविधिले सहकारी ऐन २०७४ को उद्देश्य र कानुनी व्यवस्थामाथि प्रतिकूल असर पार्ने जनाएको छ । विभागका अनुसार दलीय आधारमा हुने प्रतिस्पर्धाले सहकारी सदस्यबीच अस्वस्थ प्रतिस्पर्धा बढाउने तथा सहकारी क्षेत्रमा सुशासन कायम गर्न नकारात्मक प्रभाव पार्ने जोखिम रहेको जनाएको छ ।

विभागले सहकारीको मर्मअनुसार संस्था सञ्चालन हुने वातावरण निर्माण गर्न तथा सहकारी क्षेत्रमा सुशासन कायम गर्न यस्ता गतिविधिलाई निरुत्साहित गर्नुपर्ने आवश्यकता औंल्याएको छ। साथै, सम्बन्धित सबै पक्षलाई सहकारीको मूल भावना र सिद्धान्तअनुसार काम गर्न सहयोग गर्न आग्रह गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi