Skip to content

बैंकका संस्थापक सेयरधनीले सर्वसाधारण समूहबाट सञ्चालक बन्न नपाउने 

nabil bank
काठमाडौं । बैंकका  बैंक तथा वित्तीय संस्थाको संस्थापक र सर्वसाधारण दुवै समूहको सेयर धारण गरेको सेयरधनीले सर्वसाधारण समूहबाट सञ्चालक पदमा उम्मेदवारी दिन नपाउने फैसला सर्वोच्च अदालतले गरेको छ ।
संस्थापक र सर्वसाधारण दुवै सेयर हुने एक सेयरधनीले सर्वसाधारण समूहबाट सञ्चालक बन्न पाउनुपर्छ भन्दै विवाद झिकेकामा सर्वोच्चले विवाद निरूपण गरिदिएको हो । साधारणसभा अघि बैंकको साधारण र संस्थापक सेयरधनी समेत रहेका विश्वेश्वरप्रसाद शर्माको उम्मेदवारी निर्वाचन कमिटीले अस्वीकृत गरेको थियो । सर्वोच्चले उनको रिटमा मागअनुसार अन्तरिम आदेश दिएपछि निर्वाचन नै नगरी बैंकको साधारणसभा सकिएको थियो ।
पछि सर्वोच्चले अन्तिम फैसला गर्दा उनको रिट नै खारेज गरिदिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको संयुक्त इजलासले २०८२ चैत १५ गते गरेको फैसलाअनुसार शर्माको मौलिक हक हनन भएको विद्यमानता नदिएको भन्दै मंसिर ८ गतेको निर्वाचन कमिटीको निर्णय सदर गर्दै उनको रिट खारेज गरिदिएको हो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi