Skip to content

ईभीसहित नयाँ सार्वजनिक सवारी साधन दर्तामा सरकारले लगायो रोक

nabil bank

काठमाडौं । सरकारले देशभर विद्युतीयसहित नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक लगाएको छ । बढ्दो वायु प्रदूषण, ट्राफिक जामलाई देखाउँदै दर्तामा रोक लगाएको यातायात व्यवस्था विभागले जनाएको हो ।

विभागले सबै प्रदेशका सम्बन्धित मन्त्रालय तथा स्थानीय तहलाई पत्राचार गर्दै विद्युतीयसहित सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्न निर्देशन दिएको हो ।

विभागले परिपत्रमा सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा आवागमनमा कठिनाइ भएको जनाएको छ । इन्धनको बढ्दो मूल्य र सवारीको अत्यधिक चापले सिर्जना गरेको असहज परिस्थितिलाई सम्बोधन गर्दै सार्वजनिक सवारीको यथोचित व्यवस्थापन गर्न दर्ता रोक्ने निर्णय गरेको जनाएको छ ।

विभागले ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ को उपदफा (३) मा टेकेर गरेको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi