Skip to content

सुनमा भन्सारदर थप, २ प्रतिशत विलासी कर हट्यो 

nabil bank
काठमाडौं । सरकारले सुन आयात तथा कारोबारसम्बन्धी कर संरचनामा परिवर्तन गरेको छ । जसमा सरकारले भन्सार दर र विभिन्न शुल्कमा संशोधन गरेको हो ।
नयाँ व्यवस्थाअनुसार सुनमा १० प्रतिशत भन्सार दर कायम गरिएको छ । यसअघि पनि सुनमा १० प्रतिशत भन्सारदर थियो । सरकारले उक्त १० प्रतिशतमा थप १० प्रतिशत भन्सार शुल्क थपेको हो । अब सुनको भन्सार २० प्रतिशत पुगेको हो ।
यसैगरी, सुन–चाँदीका गरगहना तथा वस्तुमा लाग्दै आएको २ प्रतिशत विलासिता कर खारेज गरिएको छ । चालु आर्थिक वर्षको बजेट मार्फत सरकारले सुन–चाँदीका गरगहनामा २ प्रतिशत विलासी कर र हिराको गरगहनामा १३ प्रतिशत कर लगाएको थियो । हिरामा लगाइएको कर यथावत् रहेको छ ।
यसैबीच आगामी आर्थिक वर्षको आर्थिक विधेयकमार्फत सरकारले सुन कारोबारमा थप १.५ प्रतिशत ‘सीप प्रवर्द्धन शुल्क’ लगाउने व्यवस्था गरेको छ । उक्त शुल्क नेपालमा उपभोक्तालाई सुन, चाँदी तथा तिनका गरगहना र अन्य वस्तु बिक्री गर्दा लागू हुनेछ ।
आर्थिक विधेयकअनुसार सीप प्रवर्द्धन शुल्कको प्रशासन तथा कार्यान्वयन आन्तरिक राजस्व विभागले निर्धारण गरेबमोजिम हुनेछ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi