काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार बढेको छ। मंगलबार सेयर बजार मापक नेप्से परिसूचक २२.२१ अंक बढेर २७७७.५८ विन्दुमा पुगेको छ। यसैगरी, आज सेन्सेटिभ इण्डेक्स २.७८ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०१ अंक बढेको छ।
आज सेयर बजार बढेको भएता पनि कारोबार रकम भने घटेको छ। सोमबार ५ अर्ब ६१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४६ स्टकको ६१ हजार ५२७ पटकको कारोबारमा ५ अर्ब २६ करोड ५२ लाख ७५ हजार रुपैयाँबराबरको १ करोड १३ लाख ८५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.०३ प्रतिशत बढेको छ।
आज कालिन्चोक हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयरमूल्य यस दिन ६४ रुपैयाँ ९० पैसा बढेर ४९८ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।
यसैगरी, आज सेन्ट्रल फाइनान्सको सेयरमूल्य साढे १३ प्रतिशतभन्दा बढी बढेको छ भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य साढे १० प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा आन पनि आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ४६ करोड ७६ लाख ५८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।












प्रतिक्रिया दिनुहोस्