Skip to content

सेयर बजार घट्यो, कारोबार रकममा भने सामान्य सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार घटेको छ । शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक ११.३७ अंक घटेर २७५५.४१ विन्दुमा झरेको छ। यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.७७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६२ अंक घटेको छ।

आज सेयर बजार घटेको भएता पनि कारोबार रकमभने बिहीबारको तुलनामा बढेको छ । बिहीबार ४ अर्ब ७० करोड रुपैयाँबराबरको सेयर किनबेच भएको बजारमा ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.७७ प्रतिशत बढेको छ।

कालिञ्चोक हाइड्रोपावरको सेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यसैगरी, आज उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ५५ करोड ६९ लाख ६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima