Skip to content

महिला लघुवित्तकाे साढे ८४ हजार बढी कित्ता सेयर बिक्रीमा

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको साढे ८४ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। महिला लघुवित्तको संस्थापक समूहको ८४ हजार ५३७ कित्ता सेयर जेठ २३ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो सेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५१५ रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद निवेदन दिनुपर्नेछ। अधिकतममा १० अंकले भाग जाने संख्यासम्म खरिदका लागि बोलपत्र पेस गर्न सकिनेछ।

बोलपत्र काठमाडौंको कमलादीस्थित नेपाल एसबीआई मर्चेन्ट बैंकिङमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति असार ७ गते दिउँसो ३ बजेसम्म रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima