Skip to content

नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा प्रवीण लामिछाने चयन

nabil bank

काठमाडौं। नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा प्रवीण लामिछाने सर्वसम्मत रूपमा चयन भएका छन्। शनिबार काठमाडौंमा सम्पन्न संघको तेस्रो राष्ट्रिय अधिवेशन तथा नवौँ–दशौँ वार्षिक साधारणसभाले लामिछानेलाई आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रदीप राना मगर, महासचिवमा कुमारी बोगटी, सचिवमा डुक्पा घले तथा कोषाध्यक्षमा मनिषराज पाण्डे चयन भएका छन्। त्यसैगरी, देवेन्द्रकुमार श्रेष्ठ, सहर्देव ढुङ्गाना, टोपबहादुर पौडेल (अर्जुन), केशव निरौला, नवराज बिडारी, विकास श्रेष्ठ, तीर्थबहादुर बुढाथोकी र सुरजप्रसाद नेपाल सदस्यमा निर्वाचित भएका छन्।

संघका अध्यक्ष रमेश कोइरालाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रयास कार्की, संघका कानुनी सल्लाहकार रुद्र ढुङ्गेललगायतले अटो व्यवसाय क्षेत्रको विकास, व्यवसायिक अनुशासन र उपभोक्ता विश्वास अभिवृद्धिका विषयमा धारणा राखेका थिए।

अधिवेशनकै अवसरमा अटोमोबाइल तथा रिकन्डिसन अटो व्यवसाय क्षेत्रको प्रवर्द्धन र जनचेतना अभिवृद्धिमा पत्रकारितामार्फत योगदान पुर्‍याएको भन्दै पत्रकार कमला भण्डारी लाई ‘नेपाल रिकन्डिसन अटो व्यवसायी संघ पत्रकारिता पुरस्कार–२०८३’ प्रदान गरिएको थियो। पुरस्कारअन्तर्गत उनलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको संघले जनाएको छ।

अधिवेशनले रिकन्डिसन अटो व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi