Skip to content

महालक्ष्मी विकास बैंकले दियो हरित पर्यावरणीय योजनालाई निरन्तरता

nabil bank

 

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो हरित पर्यावरणीय योजनालाई निरन्तरता दिएको छ । बैंकले आफ्नो वार्षिक उत्सव महिनाको रुपमा रहेको जेठ महिना तथा ३०औं वार्षिक उत्सव र विश्व वातावरण दिवसको अवसरमा यो योजनालाई निरन्तरता दिएको हो ।

सोहीअनुरुप बैंकले दुइटा विद्युतीय गाडी प्रयोगमा ल्याइसकेको छ र हरित परिवहनको माध्यमबाट दीर्घकालीन लक्ष्य हासिल गर्न टेवा पुगोस् भन्ने उद्देश्यका साथ कार्यालयमा प्रयोग हुने सवारीहरुमा क्रमश विद्युतीय गाडीहरुको प्रयोग बढाउँदै जाने जनाएको छ । यस्ता कार्यक्रमहरुले राष्ट्रको पर्यावरण संरक्षण, नवीन ऊर्जा प्रवर्द्धन तथा दिगो विकासमा टेवा पुर्याउने विश्वास बैंकले लिएको छ ।

बैंकले ३०औं वार्षिकोत्सवको अवसर पारेर यही जेठ २२ गते मंगलबार देखि २५ गते बिहिबार (तीन दिन) सम्म ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग– २०२४’ (श्रृङखला ३) ललितपुरको इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना गरिरहेको छ ।

उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीले सहभागिता जनाएका छन् । हालसम्म बैंकको देशभर १ सय ३ शाखा कार्यालयहरु र ७ लाखभन्दा बढी ग्राहक छन्

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime