Skip to content

याडिया नेपालले सार्वजनिक गर्‍यो ११ किलोवाट क्षमताको इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’, कति पर्छ मूल्य ?

काठमाडौं । इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडियाले उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘याडिया किनेस’ नेपालमा सार्वजनिक गरेको छ ।

नेपालका लागि आधिकारिक वितरक कुजु नेपालले ‘किनेस अनुभव कार्यक्रम’ मार्फत सार्वजनिक यो मोटरसाइकल आज सार्वजनिक गरेको हो ।

दैनिक आवतजावतमा केन्द्रित परम्परागत विद्युतीय दुईपांग्रे सवारीसाधनभन्दा फरक, याडिया कनिसलाई गति, शक्ति, रोमाञ्चक राइडिङ अनुभव तथा आकर्षक डिजाइनलाई प्राथमिकतामा राखेको कम्पनीको दाबी छ । आधुनिक प्रविधि, उच्च प्रदर्शन र प्रिमियम अनुभव खोज्ने राइडरलाई मोटरसाइकल तयार पारिएको जनाइएको छ।

मोटरसाइकलमा ११ किलोवाट क्षमताको उच्च प्रदर्शनयुक्त मिड–ड्राइभ मोटर जडान गरिएको छ । जसले ३०० एनएम टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार यसले शून्यदेखि ५० किलोमिटर प्रतिघण्टाको गति केवल ३ सेकेन्डमा हासिल गर्न सक्छ भने अधिकतम गति १०० किलोमिटर प्रतिघण्टा रहेको छ।

यी विशेषताले यसलाई नेपालकै शक्तिशाली इलेक्ट्रिक मोटरसाइकलहरूमध्ये एक बनाएको कम्पनीको भनाइ छ। नेपालका विभिन्न भूगोल र सडक अवस्थालाई ध्यानमा राखेर डिजाइन गरिएको किनेसले २० डिग्रीसम्मको उकालो सहजै पार गर्न सक्ने क्षमता राख्छ ।

यसले कठिन सडकमा पनि भरपर्दो र सहज राइडिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ। मोटरसाइकलमा ४.६ किलोवाट–घण्टा क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसलाई ४० भन्दा बढी सुरक्षा सुविधासहितको स्मार्ट ब्याट्री व्यवस्थापन प्रणालीले सुरक्षित बनाएको छ।

यसले ब्याट्रीको आयु बढाउनुका साथै सुरक्षित र विश्वसनीय सञ्चालन सुनिश्चित गर्ने कम्पनीको दाबी छ । याडिया कनिसले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित रेड डट डिजाइन अवार्ड समेत प्राप्त गरिसकेको छ ।

नेपालमा याडिया किनेसको अधिकतम खुद्रा मूल्य (एमआरपी) ६ लाख ६० हजार रूपैयाँ तोकिएको छ। उत्कृष्ट प्रदर्शन, नवीन प्रविधि र प्रिमियम राइडिङ अनुभव खोज्ने ग्राहकका लागि यो आकर्षक विकल्प बन्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

सन् २००१ मा स्थापना भएको याडिया हाल १५० भन्दा बढी देश तथा क्षेत्रमा सक्रिय रहेको छ। कम्पनीका अनुसार याडिया लगातार ९ वर्षदेखि विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्डको रूपमा स्थापित रहँदै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi