Skip to content

वित्तीय अपराध नियन्त्रणमा बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले बनायो थप जिम्मेवार, शंकास्पद खाता तत्काल रोक्का गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय अपराध न्यूनीकरण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई थप जिम्मेवार बनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन/परिमार्जन गर्दै थप जिम्मेवार बनाएको हो ।

नयाँ व्यवस्थाअनुसार कुनै कसुरको अनुसन्धान गर्ने वा कानून कार्यान्वयन गर्ने निकायको मौखिक वा लिखित अनुरोध प्राप्त भएमा वित्तीय अपराधसँग सम्बन्धित बैंक खाता अल्पकालीन अवधिका लागि तत्काल रोक्का राख्ने व्यवस्था गर्नुपर्ने भएको छ।

‘संस्थाले वित्तीय अपराध न्यूनीकरणका लागि आवश्यक समन्वय गर्न कुनै कसुरको अनुसन्धान गर्ने वा कानून कार्यान्वयन गर्ने अधिकारीको मौखिक/लिखित अनुरोधमा वित्तीय अपराधसँग सम्बन्धित बैंक खाता अल्पकालीन अवधिका लागि रोक्का राख्न सातै दिन, २४ सै घन्टा कार्य गर्ने गरी आवश्यक व्यवस्था मिलाउनु पर्नेछ । त्यस्ता कार्यका लागि छुट्टै नम्बर किटान गरेर आफ्नो वेबसाइटमा राख्नुपर्नेछ’ निर्देशनमा भनिएको छ ।

यस्तै, कुनै कसुरको अनुसन्धान गर्ने वा कानून कार्यान्वयन गर्ने अधिकारीले बैंक तथा वित्तीय संस्थासँग खातावालाको विवरण, कारोबारसम्बन्धी सूचना वा अन्य आवश्यक कागजात माग गरेमा यथाशीघ्र उपलब्ध गराउने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिइएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi