Skip to content

लिटरमा २० रुपैयाँले घट्यो पेट्रोल,डिजेल ३० रुपैयाँले

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य घटाएको छ।

निगमले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नयाँ मूल्य असार १७ गते बिहान १२ः०१ बजेदेखि लागू हुने जनाएको छ।

निगमका अनुसार भारतीय आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र एलपी ग्यासको लागत घटेर आएको छ। सोही आधारमा निगम सञ्चालक समितिको निर्णयअनुसार मूल्य समायोजन गरिएको हो।

निगमले पेट्रोल लिटरमा २० रुपैयाँ र डिजेल लिटरमा ३० रुपैयाँले मूल्य घटाएको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi