Skip to content

यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड सम्पन्न, कटअफ मूल्य ४४७.५० कायम

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले सर्वसाधारण समूहअन्तर्गत रहेका ६ हजार ६३३ कित्ता अवितरित हकप्रद सेयरको लिलाम बिक्रीबाट प्राप्त आवेदनको बाँडफाँड सम्पन्न गरेको छ।
कम्पनीले उक्त सेयरका लागि जेठ २९ देखि असार ८ गतेसम्म शिलबन्दी बोलपत्रमार्फत आवेदन आह्वान गरेको थियो। प्राप्त बोलपत्रहरू असार ११ गते खोली आवश्यक परीक्षण तथा प्रचलित कानुन एवं धितोपत्रसम्बन्धी नियमअनुसार असार १६ गते बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।
बाँडफाँडमा नपरेका आवेदकहरूको रकम भने असार १८ गते बिहीबारदेखि आवेदन फाराममा उल्लेख गरिएको बैंक तथा वित्तीय संस्थाको खातामा आईपीएस प्रणालीमार्फत फिर्ता पठाइने कम्पनीले जानकारी दिएको छ।
कम्पनीका अनुसार अवितरित हकप्रद सेयरको लिलाम बिक्रीको अन्तिम मूल्य (कटअफ प्राइस) प्रतिकित्ता ४४७.५० रुपैयाँ कायम भएको छ।
सोही मूल्यमा बोलपत्र पेश गर्ने आवेदकहरूलाई सापेक्षिक भारका आधारमा समानुपातिक रूपमा शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ। उक्त अवितरित हकप्रद सेयरको बिक्री व्यवस्थापन लक्ष्मी सनराईज क्यापिटलले गरेको हो।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T