Skip to content
Prabhu

प्राइम कमर्सियल बैंकको १२ लाख ४१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकले १२ लाख ४१ हजार ११ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय १५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले जेठ ३५ गतेसम्म आवेदन दिन सक्ने छन् ।

प्रतिकित्ता १ सय १५ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ । एकै व्यक्ति वा कम्पनीले विभिन्न मूल्यमा सेयर खरिदको लागि आवेदन दिन चाहेमा भिन्दाभिन्दै शिलबन्दी खामभित्र आवेदन दिनुपर्ने छ ।

बोलपत्र आवेदन फाराम नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड, लेखनाथमार्ग, ठमेल, काठमाडौबाट प्राप्त गर्न सकिनेछ । बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको सेयर संख्या तथा प्रतिकित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ ।

बोलपत्र पेस गर्दा संस्थापकतर्फ न्यूनतम २ लाख कित्ता वा सम्पूर्ण कित्ता खरिदको लागि आवेदन दिन पाउनेछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal