काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति आज ल्याउने भएको छ ।
राष्ट्र बैैंक स्रोतका अनुसार आज मध्यान्न ३ बजेपछि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
मौद्रिक नीति तयार पारेर सार्वजनिक गर्नुअघि बस्ने गरेको व्यवस्थापन समितिको बैठक सकेर केही बेरअघि सञ्चालन समितिको बैठक सुरु भएको छ ।
राष्ट्र बैंक उच्च स्रोतका अनुसार केही बेर अघि मात्रै संचालक समितिको बैठक सुरु भएको हो । संचालक समिति बैठकले मौद्रिक नीति पारित गरेर जारी गरेर सार्वजनिक गर्न लागिएको हो ।
स्रोतका अनुसार मध्यान्न ३ बजेसम्म सेयर कारोबार हुने भएका कारण ३ बजेपछि वेवसाइट मार्फत मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारी भएको छ ।
स्रोतका अनुसार बुधबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेल देश बाहिर जानु पर्ने भएकाले आजै सम्भवत राष्ट्र बैंकको वेवसाइट मार्फत सार्वजनिक गरिने छ ।
यो पटकको मौद्रिक नीति लचिलो हुने बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्