Skip to content

करिब २० प्रतिशतले घट्यो निफ्राको नाफा, अन्य सूचक कस्ता ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत असार मसान्तसम्ममा बैंकले ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.९८ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म बैंकले १ अर्ब २३ करोड ४० लाख नाफा कमाएको थियो ।

अघिल्लो आर्थिक वर्ष १ अर्ब ९० करोड रहेको बैंकको खुद ब्याज आम्दानी समीक्षा अवधिमा २३।८९ प्रतिशत घटेर १ अर्ब ४४ करोडमा सीमित भएको छ। निक्षेप र ऋण उपकरणको लागत बढ्दा बैंकको ब्याज खर्च ५६ करोड ९१ लाख रुपैयाँबाट बढेर ९७ करोड ७३ लाख रुपैयाँ पुगेको छ।

बैंकले गत आर्थिक वर्ष २१ करोड २७ लाख बराबरको इम्पेयरमेन्ट चार्ज रिभर्स गर्न सफल भएकाले नाफामा थप ठूलो गिरावट हुनबाट जोगिएको छ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा समीक्षा अवधिसम्म ३ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ सञ्चित रहेको छ।

नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ। अघिल्लो वर्ष ५.७१ रुपैयाँ रहेको ईपीएस घटेर ४.५७ रुपैयाँमा झरेको छ। बैंकको मूल्य–आम्दानी अनुपात (पी–ई रेसियो) ५३.७३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११७.२२ रुपैयाँ कायम भएको छ।

बैंकको निक्षेप र कर्जा दुवैमा भने वृद्धि देखिएको छ। गत असार मसान्तसम्म निक्षेप १.९४ प्रतिशतले बढेर ७ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह २५.९६ प्रतिशतले वृद्धि भई ३१ अर्ब ४२ करोड ४२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकको निक्षेप ७ अर्ब ६८ करोड ९८ लाख रुपैयाँ र कर्जा २४ अर्ब ९४ करोड ७९ लाख रुपैयाँ रहेको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima