Skip to content
Prabhu

ग्लोबल आईएमई बैंकद्वारा ‘डिजिटल युनिभर्स’सेवा सञ्चालन

काठमाडौं । ग्लोबल आईएमई बैंकले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्ने गरी छुट्टै लाउन्ज ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएका छन् । आइतबार काठमाडौंमा बैंकको केन्द्रीय कार्यालय कमलादीमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले डिजिटल युनिभर्सको उद्घाटन गरेका हुन् ।

डिजिटल युनिभर्समा चेक जम्मा गर्ने, नगद जम्मा गर्ने र एटीएम मेसिन जस्ता अत्याधुनिक मेसिनहरुसमेत छन् । यो नेपालमा नै पहिलोपटक ग्लोबल आईएमई बैंकले सुरुवात गरेको हो । ग्लोबल आईएमई बैंकका ट्रान्जेक्सन बैंकिङ प्रमुख प्रकाश पौडेलले डिजिटल युनिभर्स नेपालको बैंकिङ उद्योगमा नौलो सुरुवात भएको बताए । उनले डिजिटल युनिभर्सलाई नेपालमा डिजिटल बैंकिङको प्लेटफर्मको रुपमा विकास गर्न खोजेको बताए ।

उनले डिजिटल युनिभर्समा बैंकका सबै डिडिटल कारोबारलाई डिजिटल लाउन्जको रुपमा सुरुवात गरिएको बताए । उनले डिजिटल युनिभर्समा एटिएस, क्यास निक्षेप र चेक डिपोजिट मेसिनलाई प्रयोगमा ल्याएको जानकारी गरे ।

बैंकले डिजिटल युनिभर्सको सञ्चालनले डिजिटल बैंकिङलाई प्रबर्द्धन गर्दै आमजनतालाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै ग्राहकहरुलाई सरल र सहज बैंकिङ सेवा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ । ग्लोबल आईएमई बैंकको आफ्ना ग्राहकहरुलाई छिटो र सरल बैंकिङ सेवा प्रदान गर्ने निरन्तर प्रयासहरुको एक हिस्सा मानिएको छ ।

डिजिटल युनिभर्सको उद्देश्य अहिले विश्वव्यापी रुपमा भइरहेको डिजिटल बैंकिङतर्फको यात्राको सुरुवात भएको उनले बताए । आजको युगमा डिजिटल बैंकिङको महत्व बढ्दै गएको छ । डिजिटल बैंकिङले ग्राहकहरुलाई आफ्नो अनुकूल समयमा सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउँछ । ग्लोबल आईएमई बैंकको डिजिटल युनिभर्सले यस डिजिटल रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal