Skip to content

अर्थमन्त्री वाग्ले धितोपत्र बोर्डमा

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्ले एकाएक धितोपत्र बोर्डममा पुगेका छन् । उनी केही समयअघि एकाएका बोर्डमा पुगेका हुन् ।

बजारमा निरन्तर गिरावट आइरहेको बेला मन्त्री वाग्ले स्वयम बोर्डमा पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । स्वायत्त नियामक निकाय धितोपत्र बोर्डले केही समयअघि आगामी १० वर्षका लागि भन्दै पुँजी बजार विकास मार्गचित्र ल्याएको छ ।

यस्तै चालु आर्थिक वर्षका लागि पनि नीति तथा कार्यक्रम ल्याएको छ । बोर्डले आगामी १० वर्षका लागि बनाएको मार्गचित्र अर्थमन्त्रीको चाहना अनुसार ल्याईएको हो ।

बोर्डमा अध्यक्ष नियुक्त भएका डा गोपाल भट्टलाई शपथ गराएको दिन नै मन्त्री वाग्लेले भट्टलाई हरेक सातामा बोर्डमा भएको गतिविधिका बारेमा जानकारी गराउनु भनेका थिए ।

मन्त्री बोर्डमा पुगेको दिन सोमबार बजार ३३.२८ अंकले घटेर परिसूचक २७०१.३२ बिन्दु कायम भएको छ । गत साता प्रधानमन्त्री बालेन्द्र शाहले नियामक निकाय सेबोन, नेप्से, बीमा प्राधिकरण, लगानीकर्ता, ब्रोकरलाई भेटेपछि बजारमा केही सुधार देखिएको थियो । पुन: बजार ओरालो लाग्न थालेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi