Skip to content

आइसिएफसि फाइनान्सको नाफामा गिरावट, अन्य सूचक कस्ता छन् ? 

काठमाडौं । आईसिएफसि फाइनान्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा लगायतका सूचकहरूमा गिरावट आएको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्म यस कम्पनीले २६ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ३३ करोड ३० लाख रुपैयाँ रहेको थियो । कम्पनीको नाफा एक वर्षमा २०.६७ प्रतिशतले घटेको हो ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी ५९ करोड ४३ लाख रुपैयाँबाट बढेर ६४ करोड ५४ लाख रुपैयाँ नाघेको छ भने कुल सञ्चालन आम्दानी ८१ करोड १३ लाख रुपैयाँबाट घटेर ८० करोड ६९ लाख रुपैयाँमा झरेको छ ।
यता सञ्चालन मुनाफा पनि ४७ करोड ४८ लाख रुपैयाँबाट घटेर ३७ करोड ५१ लाख रुपैयाँमा खुम्चिएको छ भने वितरणयोग्य मुनाफा १४ करोड १७ लाख रुपैयाँ कायम भएको छ । प्रतिसेयर आम्दानी २८.१४ रुपैयाँबाट २२.३३ रुपैयाँमा झर्दा एनपीएल १.८४ प्रतिशतबाट १.५५ प्रतिशतमा झरेको छ ।
चुक्ता पूँजी १ अर्ब १८ करोड ३४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ कोषमा ९१ करोड ५३ लाख रुपैयाँ रहेको छ । कम्पनीले १८ अर्ब ६९ करोड ५६ लाख रुपैयाँ कर्जा प्रवाह गरी २२ अर्ब २३ करोड २७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १८९.३२ रुपैयाँ रहेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima