काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय अवस्था सार्वजनिक गरेको छ । गत आवको असार मसान्तसम्म संस्थाले ७ करोड ६१ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ।
यो नाफा अघिल्लो आवको तुलनामा १८१.३६ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा संस्थाले २ करोड ७० लाख ७७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी, सन्चालन नाफा बढेको छ भने र इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण नाफामा उल्लेख्य सुधार भएको छ ।
संस्थाको खुद ब्याज आम्दानी ३५.५५ प्रतिशत बढेर १८ करोड ४९ लाख ४५ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन नाफा १३४.२५ प्रतिशतले बढेर १० करोड १९ लाख ७० हजार रुपैयाँ रहेको छ ।
असार मसान्तसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड २ लाख ५९ हजार रुपैयाँ रिभर्स भएको छ ।
६ करोड ७० लाख ७८ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको संस्थाको लाभांश दिने क्षमता ५०.०३ रुपैयाँ रहेको छ ।
संस्थाको प्रतिसेयर आम्दानी ५६ रुपैयाँ ८२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०५.१३ रुपैयाँ रहेको छ ।
१३ करोड ४० लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा १४ करोड ९ लाख ४८ हजार रुपैयाँ छ ।
संस्थाले ५९ करोड ७७ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब २० करोड ६८ लाख ४४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।





प्रतिक्रिया दिनुहोस्